खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: Suresh Kiran


किस्ताबन्दी सराई

मंसीर ६ गतेको संविधानसभा फेरि सर्ने सम्भावना देखिएको छ। अहिले चुनावै त सरिसकेको छैन तर चुनावको कार्यक्रम भने सरेको छ। सबैभन्दा पहिले समानुपातिक प्रणालीको नामाङ्कन दर्ता गर्ने कार्यक्रम सरेको छ। त्यसको साथै प्रत्यक्ष निर्वाचनको नामाङ्कन दर्ता सरेको छ। अब यसपछि चुनाव प्रचारको कार्यक्रम सर्छ होला। कतै हाम्रो संविधानसभाको निर्वाचन एकैचोटि नसरिकन टुक्रा–टुक्रा गरी किस्ताबन्दीमा त सर्दै छैन? अहिले देशमा किस्ताबन्दीको जमाना छ। यसबाट संविधानसभा पनि अछुतो रहेन।

संविधानसभा नेपालको इतिहासमै पहिलोचोटि हुँदैछ। त्यसैले संविधानसभा भनेको के हो नेपाली जनतालाई अहिलेसम्म थाहा छैन। प्रजातन्त्र आयो भने जस्तै संविधानसभा पनि आयो भइरहेको छ। तैपनि यो संविधानसभा अहिले जुन ढंगले पटकैपिच्छे सर्ने काम भइरहेको छ, त्यो हेरेर नेपाली जनताले संविधानसभाबारे एउटा अनुमान गरेका छन्। त्यो के हो भने यो संविधानसभा भनेको एउटा यस्तो वस्तु हो जो हरदम सरिरहन्छ। जुन कुरा भनिएको दिनमा कहिल्यै हुँदैन त्यसैलाई संविधानसभा भनिंदो रहेछ ।

नेपालमा संविधानसभा नै एउटा यस्तो सभा हो जो विगत ०७ सालदेखि सरिरहेको छ र त्यसको सर्ने क्रम अहिलेसम्म जारी नै छ । संविधानसभाको यो सराई देखेर नै आम नेपाली भनिरहेका छन्– 'जुन सभा हरदम सरिरहन्छ त्यही संविधानसभा हो।' के साँच्चै यही संविधानसभा हो निर्वाचन आयुक्तज्यू?

Author in brief
Name : Suresh Kiran
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


bibek adhikari writes:
Posted on 10/25/2007
good, thik chha.it is really
lekhnata Rijal writes:
Posted on 10/4/2007
abasya pani suresh kiran G nepal sab kista bhandima chha ani 2007 deki ko sabha aile samm bhayeko chhina asa garu masriko chha ma nai hos lekhnata
Prabesh Shakya writes:
Posted on 10/4/2007
Very Good Excellent ho aaile nepal ma yestai bhayeko cha kista bandi jastai sabailai pheri satta ko maya cha janta ko lagi garne koi pani chaina tesaile sabai neta lai tudikhel ma lagera korra lagaunu parcha after that it will solve itself.


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com