|
|
►
Bishesh |
By: Suresh Kiran |
दशैंफूलको बयानमा काँडाको पनि नाम आउँछ भने जस्तै दशैंको बयानमा खसीको नाम आउँछ। धेरै मान्छे त्यस्ता छन् जसलाई बिना खसी दशैं आएजस्तै लाग्दैन। उनीहरुको दशैं नै खसीमा टिकेको हुन्छ। चुनाव सर्ने समाचारले यसपाली धेरैको दशैंमाथि चुक घोप्ट्याइदिएको छ। दशैं मनाउन घर जाने मानिसहरुको घुइँचो पटक्कै छैन। उता कतिपय शहरियाहरु यसपाली हिंसारहित दशैं मनाउने सुरमा छन्। यी सबको असर उता खसी बजारलाई परेको छ।
यसपाली खसी बजार त्यति जम्न नसकेकोमा बेच्न ल्याइएका दुई थान खसी एक आपसमा कुराकानी गरिरहेका थिए। काले खसीले भन्यो– यसपाली मान्छेले राम्ररी दशैं मनाउलान् जस्तो छैन।
खैरेले थप्यो – नमनाए राम्रै भयो, हाम्रै ज्यान बच्ने हो।
काले – नेपालमा वर्षौंसम्म मान्छे काटेको देखेर अहिले जनता खसी काट्न पनि डराए जस्तो छ।
खैरे – ओहो, मान्छे काट्ने त कुरै नगर। यहाँ मान्छे काटेको देख्दा हामीलाई दया लाग्छ बा! नेपालमा जन्मनेले के मान्छे भएर जन्मनु भाइ, बरु खसी भएर जन्मनु राम्रो। काटि नै हाले पनि कम से कम मन्दिरमा लगेर इज्जतसाथ त काट्छन्!
काले – हो भन्या। मलाई त हामीलाई पनि मान्छे काटेजस्तो काट्लान् कि भन्ने पो पीर लाग्छ।
खैरे – मान्छेलाई त जिउँदै जलाएर मार्छन् रे यहाँ!
काले – अरे अस्ति मात्रै मारेर बोरामा हालेर बाटोमा फालेको देखेनौ? अहिलेसम्म कसैले हाम्रो लाशलाई त्यसरी बोरामा हालेर फ्यालेको छ? मान्छेले जस्तो मर्नुपर्यो भने त बैतर्नी तरिन्न यार ।
खैरे – मलाई पनि त्यस्तै लाग्छ। जे होस्, हामी मान्छे भएर जन्मेनौं यसैमा गर्व छ।
काले – मलाई पनि गर्व लाग्छ। हामी खसी हुन पाएकोमा तिमीलाई बधाइ। साथै बडादशैंको शुभकामना छ ।
खैरे – तिमीलाई पनि दशैंको शुभकामना।
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
bibek adhikari,ghyalchok 5 gorkha writes: Posted on 10/25/2007 | | मेरो पनी शुभ कामना छ ! देशमा संविधान सभाको चुनाव कहिल्यै नसकियोस् ता की नेताहरुको बिचल्ली नहोस् । प्राकृतिक प्रकोपमा परेका जनताहरुले राहत नपाएपनी नेताहरुको आश्वशन पाईरहौस्, बरु तर्राई फुटैपनी फुटोस् नेताहरुको सम्पती कहिल्यै नफुटोस् ! |
| bibek adhikari writes: Posted on 10/25/2007 | | thanks good .nepali lai khasi ko jasto budddi palaoss............... |
| aasish swiss writes: Posted on 10/22/2007 | | nice
very good ,keep it up
aasish
swiss |
| Damodar Poudyal writes: Posted on 10/20/2007 | | Thank You Suresh Jee, thank you very much. It's nice! |
|
|
|
|
|
|
|
|