|
|
►
Bishesh |
By: Laxman Gamnage |
नेपाली काइदापेट्रोलियम भन्ने पदार्थको भाउ थेग्नै नसक्ने गरी बढ्दा पनि आक्रोशित हुनुको साटो हाम्रा उपभोक्ता उल्टै 'सकारात्मक' भएको भन्ने समाचार पढ्न, देख्न र सुन्न पाउँदा यसपालि मलाई खासै आश्चर्य लागेन । मलाई थाहा थियो, पेट्रोलियम भन्ने ती अनौठा पदार्थहरूको भाउ जतिसुकै पुर्याएको भए पनि यसपालि नेपाली जनताले खप्ने थिए । हाम्रो 'लोकतान्त्रिक गणतन्त्रोन्मुख' सरकारले यसपालि धेरै बुद्धि पुर्याएर नेपाली काइदा अपनाएकाले नै जनता भाउवृद्धिप्रति सकारात्मक भएका हुन् ।

मेरो घरको पुरानो रेडियो कहिल्यै राम्रो बज्दैनथ्यो । मेरा बा त्यस रेडियोलाई यता बटारेर, उता बटारेर, मुड्कीले हानेर, दाउराले हिर्काएर अनेक गरेर बजाउनुहुन्थ्यो । बज्दाबज्दै आवाज त्यसै हराउँथ्यो । बा रसिले त्यसलाई भुइँमा पछार्नुहुन्थ्यो । फेर िबज्थ्यो । एकपटक त्यसैगरी पछार्ने हुँदा अचानक रेडियो ठूलो आवाज निकालेर बज्न थाल्यो । जति गरे पनि आवाज घटाउनै नसकिने भयो । रेडियोले घर थर्काउन थालेपछि बाले सिरकको खोल, रेडीको बर्को आदिले गुटुमुटु पारेर बजाउन थाल्नुभो ।
मैले गौरादह बजारका गौली मेकानिक्ससँग किनेको श्यामश्वेत टेलिभिजन पनि अनौठो थियो । राम्ररी चित्र आएन भने मुड्कीले हान्नु भनेर गौलीले नै सिकाएका थिए । सुरुका केही दिन मुड्कीले हानेर पनि चल्यो तर विस्तारैविस्तारै हातै दुख्ने गरी मुड्की हान्दा पनि बजेन । एकदिन रसिले त्यसलाई फुटाउनुपर्यो भनेर सिलौटाले टाउकामा हानेँ, अचानक टेलिभिजन चल्न थाल्यो । दङ्ग पर्दै सिलौटो उठाएँ, फेर िबज्न छाड्यो । सिलौटो टाउकामा राखेँ, फेर िबज्यो । यसरी सिलौटो टाउकामा राखेर मात्रै त्यो बज्ने भयो । पछिपछि त सिलौटोमाथि ढुङ्गो, त्यसमाथि अर्को ढुङ्गो गर्दै १५-२० किलो तौलले थिचेपछि मात्रै बज्ने भएको थियो ।
यसरी थिचेर, कुटेर, ठोकेर, हिर्काएर, बजारेर, पछारेर, मालताल चलाउने नेपाली काइदा संसारमै नामी छ । यसखालको नेपाली काइदा यसपालि पेट्रोलियम पदार्थका उपभोक्तामाथि प्रयोग भएको छ ।
एक वर्षसम्म उपभोक्तालाई लाइनमा उभ्याएर, घाममा टट्याएर, पानीमा भिजाएर, बेलाबेलामा लाठीले हानेर, ग्यास-मट्टीतेलको अभावैअभावमा चिउरा खानुपर्ने बाध्यतामा पुर्याएर, आयल निगम टाट उल्टिन लागेको सूचना बारम्बार सम्प्रेषण गरेर, उपभोक्तालाई तर्साएर, फकाएर, हप्काएर, धम्क्याएर, भोकै सुत्न बाध्य बनाएर, सकेसम्मका नेपाली काइदाहरू प्रयोग गरेर नेपाली उपभोक्तालाई लाचार, विवश र किंकर्तव्यविमूढ बनाएर सरकारले तेलको भाउ बढायो ।
नेपाली काइदाले खुब काम गर्यो, जनता राँको बोकेर सडकमा उत्रिएनन् । यस काइदाको फाइदा अन्यत्र पनि उठाउन सकिने भएको छ । स्कुल-कलेजमा शुल्क बढाउन, टेलिफोन, खानेपानी वा विद्युत्को महसुल बढाउन अथवा अब अर्कोपल्टलाई पेट्रोलियम पदार्थको मूल्य बढाउन पनि यो काइदा प्रयोग गर्न सकिन्छ । उपभोक्तालाई हैरानहैरान पारेर भाउ जति बढाए पनि बढाऊ तर सेवाको उपभोग गर्न देऊ भन्ने नयाँ उपभोक्ता सिद्धान्त नेपालमा जन्मियो । नेपाली काइदाको यस सिद्धान्तलाई हामीले अरू देशतिर पनि प्रचारप्रसार गर्नुपर्छ । हाम्रो मौलिकताको पहिचान संसारमा फैलाउनुपर्छ भन्ने मलाई लाग्छ । तपाईंलाई कस्तो लाग्छ कुन्नि !
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
tenson writes: Posted on 11/28/2007 | | ekdam thik ho ..astai ho ..hami pani ustai mechanic lai hanna chadera radio hanchaun mathi sasan garne kar haru khane lai hanna chodera upovokta lai hanchaun...tyahi ra bela bela radio jasto ma tenson lirahanu parcha main thaun ma pachare po ....?j vaye pani jhok chalda murkhabir hamro kahillai naas hundainna... |
| Deeps Shrestha writes: Posted on 11/7/2007 | | lala lekh jasto sukai lekhe pani bhau badi halyo ra birodh pani khaasai bhayena kya re... aba govt. lai rak hanera lekhera kehi kaam china ni bro... |
| BiBek Adhikari writes: Posted on 11/6/2007 | | उल्लु पो भएछौं हामी त Û सरकारले ढााटेर जनता झुक्याको हो । विद्यार्थीहरु मात्रै होइन , नागरिक समाज, बुद्घििजवी लगायत सम्पुर्ण उपभोक्ता हरुले खुलेर विरोध गर्नु पर्छ । सरकार र निगमको लाचारीपन हो । यसमा ठुलो भष्ट्रचारी को षड्यन्त्र हुन सक्छ ।
|
| prakash pokharel writes: Posted on 11/6/2007 | | sarai maja lagyo. nepali kaida khatarakai chha. gamnageka article gajabai hunchan. nepali satirema gamnagelai no 1 nai mannu parchha. |
| Birendra Chaudhary writes: Posted on 11/5/2007 | | Tapai ko byanga bhitra pani reality chha.Yesle sacchainai Nepali Rajniti prabitti lai jhalkaunchha.
Dherai padhna pau.Tapaiko lakhai le nirantarta pawas. SHUBHAKAMANA!!!!!!!!!!!!!!! |
| Rajesh Shahi writes: Posted on 11/5/2007 | | It's a great article . I really appreciate the author who has written . Keep it up with a good work !!! |
| bibek adhikari writes: Posted on 11/5/2007 | | thikai chha. |
| bishnu raj poudel writes: Posted on 11/2/2007 | | sarkar ma basni mantri haru lai nai out gari new yuba lai diya matra yasta problem solve huna sakla natra ye buda mantri matra kamission ma matra lag6n yasto bela ma hami janta milera k kasari kun aadhar ma price badna gayo khoju talash garna par6 tapai ko bichar malai aati man paro ra ma yo kura ma sahamat6u thank you |
| dinesh shrestha writes: Posted on 11/1/2007 | | malai ta sarai maja lageyo yo sabai kura sunera aba sabai nepalile yo kura siknu parcha ani gharmaa ko hi marna lageko cha bhane pani tyaslai surumaa 1 kg ko dhaka le chapne ani bistarai bistarai 100 kg le uthanai nasakne gari chapne yahi cha nepalko parbidhi yahi cha nepali ko nepali pan |
| bishnu ghimire writes: Posted on 11/1/2007 | | dherai ramro lakchha.
|
|
|
|
|
|
|
|
|