खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: Suresh Kiran


रामभक्तको अनुहार

रामभक्त। अर्थात् मेरो छिमेकी। छिमेकी मेरो भए पनि उनको परिचय भने सबैसँग छ। दरबारका कर्मचारी हुन् उनी। उनको घरमा दरबारलाई दिनभरि गाली गर्ने नेताहरु पनि राति आइपुग्छन्। केही समय भयो, रामभक्तको घरमा त्यस्तो आना–जाना बन्द भएको। त्यसो त अहिले स्वयं रामभक्तको अनुहार पनि चहकिलो छैन। दरबारलाई औंशी लागेको बखत रामभक्तको अनुहार मात्र कसरी उज्यालो होस्!

तर, हिजो अचानक फेरि के भयो कुन्नि, रामभक्तको अनुहार एकाएक तेजिलो देखियो। उनको अनुहारमा पुनः त्यस्तै चमक देखियो जो तीन वर्षअघि माघ १९ पछि देख्न सकिन्थ्यो। खुशी हुँदै घर आएका रामभक्तलाई मैले सोधें– 'के छ दाइ, आज अत्यन्तै खुशी देखिनुहुन्छ?' उनले भने– 'हिजो प्रचण्डको भाषण सुन्नुभएन? अर्को ४० वर्ष युद्ध गर्छु भन्नुभयो नि!' मैलेे आश्चर्य मान्दै सोधें– 'त के भयो? त्यो युद्ध गणतन्त्रकै लागि लडिने त हो नि! त्यसमा तपाइँलाई किन खुशी हुनुपर्‍यो?'

उनले भने– 'अर्को चालीस वर्ष युद्ध लड्छु भनेको क्या हो? माओवादी अर्को चालीस वर्ष युद्ध लड्न तयार भएपछि राजतन्त्र त अर्को चालीस वर्ष ढुक्कै टिक्ने भयो नि! राजाको आयु अर्को चालीस वर्ष लम्बिन गएकोमा हामी खुशी छौं।' मलाई त लाग्छ, माओवादीसँग चालीस होइन अर्को पचास वर्ष युद्ध लड्ने क्षमता हुनुपर्छ।' रामभक्त खुशी हुँदै स्वाट्ट भित्र पसे। संसद् होइन निर्णय मात्रै माओवादी अध्यक्ष प्रचण्डले संसदीय व्यवस्थालाई नमान्ने कुरा दोहोर्‍याउनुभएको छ। बीबीसीसँगको एउटा कार्यक्रममा उहाँले भन्नुभयो– 'बहुदलीय प्रतिस्पर्धा मान्ने तर संसदीय व्यवस्था नमान्ने।'

प्रचण्ड कामरेडको कुरा बुझिनसक्नुको छ। उहाँले संसदीय व्यवस्था नमान्ने त भन्नुभयो तर यो नमान्ने भन्ने कुरामा पनि शंका छ। यसअघिसम्म माओवादीले मान्ने भनिएका विषयहरु मात्रै शंका गरिन्थ्यो। अब नमान्ने भनिएका विषयहरुमा पनि शंका गर्नुपर्ने अवस्था आएको छ। त्यो किनभने माओवादीले संसदीय व्यवस्था त मान्दिन भन्यो तर त्यही संसद्ले पारित गरेको निर्णय मान्नैपर्छ भनेर दबाब दिइरहेको छ। माओवादीको यो तरिकै बडो अनौठो छ। उहाँहरुलाई संसद् चाहिएको छैन, खालि संसद्को निर्णय मात्रै भए पुग्छ। प्रचण्डपथमा व्यवस्था गरिएको संसद् यस्तै पो हुन्छ कि?

Author in brief
Name : Suresh Kiran
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


Muna Nayak, Palpa writes:
Posted on 12/11/2007
डामाडोल डट कम धेरै राम्रो छ । ब्याËयात्मक ढËले सबै दलहरु अनि नागरीकहरुलाई सचेत गराएको छ । अझै राम्रो प्रगती गर्दै जाओस । यहि मेरो शुभकामना
umesh writes:
Posted on 12/8/2007
wow bro nice h ve good luck .......... Ram Bhakta..... Seoul
Ishwor Devkota writes:
Posted on 12/5/2007
hoina damadolma arko ke damadol bhyo ha update ta hunai chhadyo ??**!!!
Ishwor Devkota writes:
Posted on 12/3/2007
update kina dhilo hunchha aaja bholi
bibek adhikari writes:
Posted on 12/3/2007
khai k bhanu ra khoi..........
Ishwor Devkota writes:
Posted on 12/2/2007
mero comment ma prabidhik mistake bhayechha, kuro bujhi dinu hola
Ishwor Devkota writes:
Posted on 12/2/2007
नया नेपालमा कसै कसको सपना पहिले देखी यस्तो छ कि भन्ने लागी रहेको छ। कस्को ------------------------------------------- -सपना---- गिरिजा प्रसाद कोइराला -------------------------- जे भो राम्रै भो प्रचण्ड -------------------------------------- दुई बर्ष भित्र राष्ट्रपति माधव कुमार नेपाल ------------------------ पाए सम्म छिटै प्रधान मन्त्री ज्ञानेन्द्र शाह ---------------------------------- तमासा - हेर्ने- पारश शाह ---------------------------- राजाको छोरो त भइयो अब बाऊ पनी हिमानी ------------------------------- रानी नबनी कसरी निर्मल निबाश जानी सुजाता कोइराला ----------------------- सेरेमोनियल किंग (हेरेमोनियल किंग) पशु ( पति ) भक्त महर्जन --------------------- माइला दाइले पुरा गरून कृष्ण सिटौला ------------------- काठ्माडौ को जाडो ले भेटला कि भनेर तराइको आगो ताप्ने नेपाल आयल निगम ------------------- जनातालाई पेट्रोलमा मुछेर कमिसन र करसंगै निलम नेपाल बायु सेवा निगम ---------------------------- जिउदै स्वर्ग हिडम NTC --------------------------------SMS (सबैको मनी समाप्तम ) जनता लाई सधै आपतम YCL ------------------------------------- युद्द कला लर्निंग सांसदहरु ----------------------------- खरबौ सहमति गरेर गिनीज बूकमा नाम लेखाउने तर के गर्नु बिचरा हामी नेपाली जनता को चाही सपना सधै चकानाचूर !!!!!!!!!!!!
asis writes:
Posted on 12/2/2007
babaal 6. teeto satya ho


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com