|
|
►
Bishesh |
By: मनोज गजुरेल |
सात पार्टी एकता !आफ्नै शूरमा चिया सुर्क्याउ“दै थिए“- चियाको स्वादभन्दा एउटा समाचारको स्वादले समात्यो । त्यसमा लेखिएको थियो-'बलत्कारी प्रहरी खोरमा ।' अपराधको प्रकृति हेदा सुङ्गुरको खोरमा थुन्नुपर्ने हो,तर समाचार पढ्दै जा“दा पत्ता लाग्यो-उपरोक्त बलत्कारीलाई मान्छे थुन्ने खोर (जेल) मा थुनिएको रहेछ । तर, समाचारको शिरदेखी पुच्छरसम्म रिठ्ठो नबिराइकन पढ्दापनि मैले यो कुरा खुट्याउ“न सकिंन कि, कुनै अमुक बलत्कारी प्रहरी खोरमा परेको हो वा कुनै प्रभागमा कार्यरत प्रहरी बलत्कारको आरोपमा खोरमा जाकिएको हो ! मलाई लाग्छ, तपाईंलेपनि यसको अर्थ सजिलै खुट्याउन नसक्नुहोला- बलत्कारी प्रहरी खोरमा !
अर्को शिर्ष थियोः-'नेपाल भारतमा-प्रचण्डद्धारा बिरोध-कोइरालाद्धारा स्वागत।' कनिकुथी पत्रिकारिता पढेको ठान्ने मैले त यसको अर्थ लगाउन सकिंन भने र्सब साधारणले यसलाई कसरी बुझ्लान्, म अलमल पर्छ , नेपाल भारतमा हुने रहने कुरै भएन, प्रचण्डले यसको बिरोध गर्नु त ठिकै हो । तर गिरिजाले स्वागत गर्नु भनेको चाहीं के नि, सा“च्चै गिरिजाबाबु नेपाल भारतलाई सिदामा दिएर बिदा हुन चाहानुहुन्छ । भित्र पढ्दैजा“दाको कुरोको भेटियो-माधव नेपाल भारत गएकामा प्रचण्डको चित्त दुखेको रहेछ । कांग्रेसस“ग सहकार्य गर भन्ने भारतीयहरुको बिचारको कोइरालाले स्वागत गरेका रहेछ । अब, यसलाई पत्रकारिताको धर्ममा चलेको भन्ने कि, सोझा पाठकको मर्ममा प्रहार गरेको भन्ने !
अर्को समाचार अझ दिमाग चकराउने खालको थियो-' तस्करीमा संलग्न वाइसिएल कब्जामा ।' रक्तचन्दन तस्करीलाई छ्याल्ल ब्याल्ल पार्ने र सिताराम नामको बैकिङ् रावणको लंकामा आगो लगाउने वाइसिएल आफैं तस्करीमा ! उपरोक्त शिर्षले यही बताउ“दछ । लौ, शिर्षको कुरो छोडौं, पुरै समाचारमा पनि कतै प्रष्ट छैन, तस्करीमा संलग्न भएको वाइसिएल कब्जामा परेको हो वा पेशेवार तस्कर वाइसिएलको कब्जामा परेको हो !! एकजना पुराना पत्रकार मित्रले भन्नु भयो- 'यो समाचारलाई ग्ल्यामरस बनाउने गोर्खाली काइदा हो । यस बिषयमा गहिरिएर नसोच्नु नै तपाईंका लागी फाइदा हो ।'
मलाई के भ्रम थियो भने मनोरञ्जनको दुनिया“मामात्रै ग्ल्यामरको बजार होला ! तर, अहिले थाहा पाउ“दैछु, यसको प्रभाव क्षेत्र हजार छ । चानचुने कुरो किन कुरा गर्ने, देशको प्रमुख एजेण्डामा नै छलफल गरौं न-संबिधानसभा । पहिले माओवादीलेमात्रै भन्थ्यो, अहिले कमाओवादी,खाओवादी र अघाओवादी सबैले संबिधानसभा नै भन्छन् । तर अर्थ आ-आफ्नै छन् । राजावादीलाई सोध्यो, संखुवासभा र संबिधानसभा एउटै हो भन्छन् । संघीयवादीलाई सोध्यो-कहा“ संबिधानसभा भनेको हो त, संघीय-अधिनसभा पो भनेको त भन्छन् । माओवादी यही हालतमा चुनाव हुन सक्दैन भन्छ-हालत भनेको शान्ती सुरक्षाको कुरो गरेको हो कि आफ्नो हैसियतको कुरो गरको हो, कुरै बुझिएन ।
एमालेको प्रष्ट अडान रह“दै आएको छ-चुनाव हुन पनि सक्छ, नहुन पनि सक्छ । यस्तो प्रष्ट धारणा अरुपार्टी छ“दै छैन भनेपनि हुन्छ । उता कांग्रेसका मुलधार र भूलधारका पनि छुट्टाछुट्टै अडान छन् । गिरिजाबाबुको धारणा छ-जसरी भएपनि चुनाव गराएरै छाड्छु । 'जसरी भएपनि'को आफ्नै तर्क हुन सक्छ-सपनामा भएपनि बिपनामा भएपनि । प्रधानमन्त्रीको यस अडानको बिरोध गर्नपनि मिलेन, किनभने सपना देख्न पाउनु सबैको अधिकारको कुरो हो । भूलधार कांग्रेस नेता देउवाजी संबिधानसभाको चुनावको बारेमा बारम्बार बोलिरहनुहुन्छ, तर के बोल्नु हुन्छ कसैलाई थाहा हुन्न । उहा“को कुरो बुझिएन भनेर रिसाउनु पनि उचित हुन्न, बिचरा उहा“ स्वयम् आफ्नो कुरो बुझ्नु हुन्न भने हामी त को हौं र !
संबिधानसभाको चुनाव गराएर गणतन्त्र संस्थागत गर्ने जनादेशप्राप्त सात दलहरु आफैं दलदलमा फ“सेका छन् । मसाल पार्टी- मसला पार्ट रुपमा धुलो भएको छ । वाममोर्चाका दलहरु वाम-माछा भएर आ-आफ्नै पोखरीमा पौडिखेल्दैछन् । माधवले पैताला चलाउ“दा प्रचण्ड षडयन्त्र देख्छन् । वाइसिएलले तस्कर समाउ“दा गिरिजाबाबु आफ्नै छोरीको बिजनेस पार्टनर समाएको झैं चित्त दुखाउ“छन् । सेना देख्दा जनसेनाको सातो जान्छ, जनसेना संझदा सेनाको कन्पारो तात्छ । भित्र राजालाई भत्ताको सल्लाह हुन्छ, बाहिर मेरो सहमती छैन भन्ने हल्ला हुन्छ ।
जनतको मन सात पार्टीमाथी-सात पार्टीकोमन को माथी, को माथी !!' अर्को समाचार आउ“छ- 'टाइगर भुमिगत ।' समाचार सुनेर निकुञ्ज गयो-टाइगर त स्वतन्त्र घुमिरहेको हुन्छ । 'कोबरा कब्जामा' पढेर हस्पिटल गयो-मान्छे सुतिरहेको हून्छ ।
कोही मान्छे किन टाइगर, कोबरा वा गोमन बन्छ भन्ने कुरा न राज्यले बुझ्छ न त बन्नेले नै किन बनिरहेको कु भनेर बुझ्छ । कोही तराइ आर्मी, कोही हिन्दु सेना, कोही मोर्चा कोही फोरम्, कोही बिगारम्, भत्काम् । यता कोही पेल्न पर्छ भन्छन्, कोही मिल्नु पर्छ भन्छन् । यता कर्मचारी ढाल्या ढाल्यै छन्: यता दरबारियाले चारो फल्या फाल्यैछन् । सिनेमामा जस्तै सबैलाई देखिनु पर्छ, देखाउनु पर्छ, त्यसैले यी सबै बर्तमान राजनीतिका ग्ल्यामर समाचार र सिनहरु हुन् भन्ने मेरो ठम्याई छ ।
निचोडमा, 'सात पार्टी कता पनि एउटा ग्ल्यामर हो । त्यसैले ग्ल्यामर पहिलो पटक राम्रो लाग्छ, त्यसपछि चाम्रो । एकताको भ्रममा परेकोमा मलाई भने अहिले हुनसम्म शरम लागेको छ । 'आठ पार्टी' नेजस्तो लाग्यो र दंग परेको 'सात पार्टी (तिर) पो भनेको रहेछ ! एकता भने झै लाग्थ्यो, 'ए...कता -?' भन्दै आफु आफुमै पो कन्फ्यूजन रहेछ !! मैले खप्परध्वजलाई सोधे: 'हैन, ए...कता ?' भन्दै सात पटि्ट लागेकाहरुलाई 'सात पार्टी 'एकता'को सा“ङ्लोले बा“ध्ने कोही छैन यो यो देशमा -?' खप्परध्ववले भन्योः-'दुइजनामात्र छन् -एकजना मरिसक्यो, अर्को अर्को जन्मिनै बा“की छ !' खप्पर-बिचार तपाईंलाई कस्तो लाग्यो कुन्नी, मलाई त निकै लाग्यो क्यारे !!
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
bibek writes: Posted on 12/23/2007 | | ha ha ha ha ...... |
| Manoj (Gorkhali ) writes: Posted on 12/19/2007 | | 'Gorkhali kaida' bhanera ke bhanna khojeko ho sathi ? Timeru aafu - aafu nana bhati PoLTiS kura ma tauko dukhayera bakBaas kura garne, ani dos dine belama tyo 'Gorkhali' sabda kina use garne ? |
| Rajan writes: Posted on 12/16/2007 | | In the world our country nepal is very unique...All the leaders only do for themself. They never think for our country.. Only they know how to earn a lots of money...The police themself are not secure how can they give security to people.. In school a headsir raped a student, people didn't get the any petroleum product....... In every point nepal is negative....The nepal become damadol bcoz of our leaders... |
| mahesh sagar khanal writes: Posted on 12/16/2007 | | he chunaab pani time ma vayena
ganatantra ta aaune nai bhayena
dhoka dine lai k vanau ra khoi
timi basa kursi ma janta baslaan rooi |
|
|
|
|
|
|
|
|