खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: Laxman Gamnage


बजारमा नया“ एल्बम

अन्तारष्टि्य अपाङ्ग दिवस, भ्रष्टाचारविरुद्ध अन्तारष्टि्य दिवस र अन्तारष्टि्य मानव अधिकार दिवस स“गस“गै पर्दारहेछन् । नेपालमा बडो धुमधामका साथ यस्ता दिवस मनाएर संसार ह“साउने काम सम्पन्न भएका छन् । भ्रष्टाचारविरुद्ध अन्तारष्टि्य दिवस र अन्तारष्टि्यमानव अधिकार दिवसको संयुक्त उपलक्ष्यमा एउटा नया“ गीति एल्बम 'मलाई राजतन्त्रै चाहिन्छ' भर्खरै बजारमा आएको छ । भ्रष्टाचारविरुद्ध अन्तारष्टि्य दिवसको भोलिपल्ट र अन्तारष्टि्य मानव अधिकार दिवसको अघिल्लो दिनको शुभसाइत पारेर नेपाली काङ्ग्रेसका खाइलाग्दा, जाइलाग्दा र सम्भवतः र्सवाधिक स्वच्छ छवि भएका आधा दर्जनभन्दा बढी नेता-कलाकारहरूले ठूल्ठूलो स्वरमा 'मलाई त्यही केटी चाहिन्छ' भन्ने लयमा डाको छाडेर रु“दै 'हामीलाई राजतन्त्रै चाहिन्छ' भन्ने गीत गाएर एल्बम र्सार्वजनिक गरेका थिए ।

अन्तारष्टि्य मानव अधिकार दिवसको अवसर पारेर एल्बम निकाल्नुको कारण सोद्धा वरष्ठ गायक गोविन्दराज जोशीले आफ्नो र राजाको मानव अधिकारको एकसाथ उपयोग गर्ने उपयुक्त अवसर छोपेको बताए । त्यस्तै, भ्रष्टाचारविरोधी आन्दोलनमा उनीहरूको योगदानको स्मरण नेपाली जनतालाई गराउन भ्रष्टाचारविरुद्ध अन्तारष्टि्य दिवसको अवसर पनि जोडिएको हुनसक्छ । गएको वर्ष'रिलज' गर्न खोजिएको एल्बम उपयुक्त सङ्गीतकार फेला नपरेकाले रोकिएको थियो । भर्खरै वरष्िठ सङ्गीतकार कमरेड प्रचण्डले सङ्गीत भरेपछि एल्बम 'हिट' हुने पक्का देखिएकाले बजारमा ल्याएको गायक खुमबहादुर खड्काको भनाइ छ ।

रचनाकार जी शाह अर्थात् राजा ज्ञानेन्द्रले यो गीत पहिल्यैदेखि लेखेर राखेका थिए । धेरै पञ्चहरू, प्रतिगामीहरू र कतिपय काङ्ग्रेस-कम्युनिस्टकै नेताहरूले पनि यस गीतमा सङ्गीत हाल्ने र गाउने प्रयास नगरेका होइनन् तर तिनीहरूको गला र कलामा यो गीत फिट भएन । यस्तो गीत, जसका लागि महान् नेता कमरेड प्रचण्ड, प्रजातन्त्रका सेनानीहरू तारानाथ रानाभाट, खुमबहादुर, गोविन्दराज, विजय गच्छदार, चिरञ्जीवी वाग्लेजस्ता अन्तारष्टि्य कलाकारहरूको जम्बो ब्यान्ड नै आवश्यक थियो । त्यो आवश्यकता पूरा भयो । बजारमा गीत आयो । नेपाली श्रोताहरू धन्य भए । नया“ नेपाल, गणतन्त्र र संविधानसभाका थोत्रा राग अलाप्नेहरू एकाएक 'फ्लप' भए ।

अब चा“डै गीतको छायाङ्कन हुने र मोडलिङ्का लागि सुजाताजीलाई अनुरोध गरसिकिएको गायक रानाभाटले बताए । एल्बममा नृत्य गर्ने अन्य कलाकारहरूमा राजाका वरपिरकिा राष्ट्रवादी शक्तिहरू अर्थात् रानी, युवराज, नवयुवराज, भाइभारदार आदि हुने र अतिथि कलाकारहरूमा तुलसी गिरी, कमल थापा, टङ्क ढकाल र पशुपतिभक्तहरू रहने उनले स्पष्ट पारे । त्यसैगरी,अन्तारष्टि्य दिवसहरूलाई धुमधामस“ग मनाउने क्रममा अन्तर्रर्ााट्रय अपाङ्ग दिवस पनि नेपालमा भव्य रूपमा मनाइयो । अपाङ्ग दिवसको अवसरमा सबै ठूला राजनीतिक दलहरूलाई अपाङ्ग बनाउ“दै केही नेताहरूले नया“ अपाङ्ग दल खोल्ने घोषणा गरे । देशको एक अङ्ग तर्राईलाई मात्रै हर्ेर्ने भनी खडा हुन खोजेको र यसले संविधानसभा एवम् गणतन्त्रको नेपाली सपनालाई पनि अपाङ्ग बनाउने देखिएकाले यसलाई अपाङ्ग दल भनिएको छ अन्तारष्टि्य दिवसहरू यसरी धुमधामका साथ मनाउ“दै नेपाली हास्य कलाकारहरूले संसारलाई ह“साउन सकेकामा नेपाली जनता गौरवान्वित छन् ।

Author in brief
Name : Laxman Gamnage
Address : Gauradaha-4, Jhapa (Now: Kathmandu)
 | All Articles | Author Detail |

Viewer's Comments


shree 5 gyannenra bira bikram shaha dev. writes:
Posted on 12/23/2007
sabile geet sunera geet hit banauna anuroodh gardachu.
Ishwor Devkota writes:
Posted on 12/18/2007
भ्रष्टाचारविरुद्ध अन्तारष्टि्य दिवस र अन्तारष्टि्यमानव अधिकार दिवसको संयुक्त उपलक्ष्यमा एउटा नया“ गीति एल्बम 'मलाई राजतन्त्रै चाहिन्छ' भर्खरै बजारमा आएको ma dherai khusi lagyo ta bhanna milena,महान् नेता कमरेड प्रचण्ड, प्रजातन्त्रका सेनानीहरू तारानाथ रानाभाट, खुमबहादुर, गोविन्दराज, विजय गच्छदार, चिरञ्जीवी वाग्लेजस्ता अन्तारष्टि्य कलाकारहरूको जम्बो ब्यान्ड nai lagera tayar gareko yesto नया“ गीति एल्बम 'मलाई राजतन्त्रै चाहिन्छ' bazaarma aaunu raja badi haru lai ta sugar ma honey thape jasto bhaihalyo ni !@#$%^&* ki kaso !नया“ नेपाल, गणतन्त्र र संविधानसभाका थोत्रा राग अलाप्नेहरू एकाएक 'फ्लप' भए । bhaneko sunda teti khusi lagena ni>>>>>>>>>.
Bidya Nath Ghimire writes:
Posted on 12/18/2007
After a very very long waiting I could get a political satire which covers all the political players of Nepal.I am fully satisfied with the contents of the satire.I read and reread it so many times. Give us something more like this in the future.Thank you. Bidya Ghimire.Detroit,USA
suman nirola writes:
Posted on 12/17/2007
wa wa wa dai dami chha.


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com