|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
ब्रोइलर कुखुरा -गाउंले यात्री-
हाम्रो देशां एउटा संसद् भन्ने चीज छ, संसद्भित्र सांसद नामका जीवित प्राणीहरु बस्ने गर्छन्। तिनीहरुको अधिकार, कर्तव्य र भूमिका के हो? त्यतापट्टि नजाऔं किनकि यो देशां यस्ता कुरा सोध्नु त्यति ठीक हुंदैन। ती प्राणीहरु बस्ने एउटा ठूलो घर पनि छ, हाम्रो गाउंका किसानबाको कुखुरा फारामजस्तै। त्यसलाई सबैले सिंहदरबार भन्दछन्। त्यसलाई सिंहदरबार नै किन भनियो होला? हुनसक्छ, त्यहां पहिले सिंह बस्थ्यो होला अथवा त्यहां पहिले सिंहजस्तै हिंस्रक प्राणी बस्थ्यो होला।
खैर, अहिले त्यसमा ब्रोइलर कुखुरा अर्थात् कुंजिएका अधिकारविहीन अधिकारीहरुको वास छ। अर्को भाषामा भन्ने हो भने राज्यका तीन प्रमुख अंगमध्ये संसद्लाई व्यवस्थापिका पनि भन्दछन्। यसले राज्यको समग्र विकासका लागि नीति(योजना तर्जुमा गर्नुका साथै विभिन्न विधेयकहरु पास गर्छ। अनि कार्यपालिका अर्थात् सरकारलाई कार्यान्वयन गर्न निर्देशन दिन्छ।
तर हाम्रो देशको संसदै अर्कै छ, संसद्मा बस्ने ती प्राणीहरु आफैं स्वतन्त्र छैनन्, माथिको आदेश मान्न र मालिकसा'बको दयाका पात्र बन्नुभन्दा अरु कामै छैन।
जीवित भएर मरेतुल्य हुनु, मान्छे भएर ब्रोइलर कुखुराजस्तै हुनु हाम्रो देशां सांसदहरुको नियति बन्न पुगेको छ। सांसद महोदय 134 मेरो कुरा पढ्दा रिस उठ्ला, मन दुख्ला तर आफंैलाई फर्केर हेर्नुहोला। तपार्इंको म्यान्डेट सेरेमोनियल प्रसादको सरकारले गन्दैन, सिंहदरबारमा टेबुल ठटाएको आवाजले बालुवाटारमा कुम्भकर्णको निद्रा खुल्दैन भने संसद्को सर्वोच्चता कुखुरा फाराममा ब्रोइलर कराएझैं भएन र? आखिर दानापानी त कुखुराले पनि पाउंछ। दिनरात जति कराए नी कसाईले चाहेको दिन काटेरै छोड्छ, कि कसो सांसदज्यू ?
बस्, अझैं सेरेमोनियल प्रसादको कुखुरा फाराममा ब्रोइलर भई बसिराख्ने कि मान्छे भएर जिउने, सोच्ने बेला भएन र ?
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
Ishwor Devkota writes: Posted on 12/23/2007 | | हाम्रो देशां जीवित भएर मरेतुल्य बालुवाटार बस्ने ती सेरेमोनियल प्रसाद मालिकसा'बको दयाका पात्र भएर अहिले दरबारको ब्रोइलर कुखुरा जस्तै हुनु र मान्छे भएर ब्रोइलर कुखुराजस्तै हुनु हाम्रो देशां सांसदहरुको नियति उस्तै हो कि ? |
|
|
|
|
|
|
|
|