खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


मानवअधिकारको माओवादी घोषणापत्र

आभास शर्मा
माओवादी नेता तथा संस्कृति मन्त्री गोपाल किराँतीले मानवअधिकारको नया धारणा प्रस्तुत गरे-"मानवअधिकार रक्षाका लगि प्रत्येक नागरिकलाई बन्दुक दिनु पर्दर्छ ।" धारणाको विस्तारित आलेख र्सार्वजनिक भएको छैन- यसमा कति धारा उपधारा हुने हो । मेरो के मान्यता छ भने उहाँको यो धारणालाई मानवअधिकारको माओवादी घोषणापत्र मान्नु पर्छ । जसरी मानवअधिकारको विश्यव्यापी घोषणा भनिन्छ त्यसैगरी नेपालको मानवअधिकारको माओवादी घोषणापत्रको रुपमा यसलाई मान्यता दिनै पर्छ ।

आगामी दिनमा माओवादी र स्वयं किराँतीले यसलाई पुर्णता प्रदान गर्लान् । र्सवसम्मत ढङ्गबाट किरातीलाई मानवअधिकार मन्त्रीको कार्यभार सुम्पिएला । वा सम्भव छ, उनको नाम संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि सिफारिस गरियोस । म त कल्पना मात्र गर्न सक्छु । सोच्दछु-अब पशुपतिका भट्टले आफूलाई पदबाट निष्काशन गरे भने सोझै मन्त्रीकहाँ पुग्दा हुन्। गेरु रङको झोलाबाट मराठी कटुवा मन्त्रीतिर सोझ्यार भन्थे होलान् "यजमान ,तेरा क्या होगा- हम यहाँका पूजारी है, वहाँका तो हम भाइ हे, भेजामे खोखा उतार दूँ ।"

मन्त्रीले भन्दा हुन्" हम तो मानवअधिकारबाला संस्कृति मन्त्री हे । मेरा पास तो ओर बडा बडाा बन्दुक भएका है । तैँ भन्, फेरि हमारे पासमे भरमार वाइसीएल है । अब त तेरा क्या होगा होगा -"भट्ट निहुरेर सोझै लैनचौरको आफ्नो दूतावासतिर हान्निएलान् । त्यस अवस्थामा पशुपति क्षेत्रभित्रको दृश्यमा पनि निसन्देह परिवर्तन हुनेछ । टिभी च्यानलहरूले समाचार प्रसारणका क्रममा भन्नेछन् -हाम्रा संवाददाता दलबलका साथ अहिले पशुपति क्षेत्रमा हुनुहुन्छ । उहाँबाट नवीनत जानकारी लिउँ । सञ्जीव, सञ्जीव ।समाचारवाचकले रिवल्भर पडकाएको आवाज सुनेपछि मात्र संवाददाताले जवाफ दिनेछन् - "राजू म पशुपतिक्षेत्रमा छु । यहाँ दुइ समूहबीच गोली हानाहान भइरहेको छ । अहिलेसम्म पाचजना ढलिसकेका छन् । र, यो सङ्ख्या निकट भविष्यमा निश्चितरुपमा बढने दावी संस्कृत्रि्रेमीहरुको छ ।

दर्शकतिर क्यामेरा सोझिन्छ, । संवाददाताले माइक्रोफोन एक दर्शकतिर सोझ्याउँछन्-"तपाईलाई यो सब कस्तो लागि रहेको छ ?" दर्शले जबाफ दिने छन् -"पशुपति विकास कोषले अझै राम्रो ध्यान दिन सकेको छैन । आधि घण्ट भयो यस्तो भएको । अहिलेसम्म जम्मा पाँच जनामात्र मरे । हेर्नुस यस्तो अवस्थामा संस्कृतिको रक्षा कसरी हुन सक्छ । यतिन्जेलसम्म कमसेकम पच्चीस जना ढल्न पर्ने हो । कोषले राम्रोसँग काम गरेको भए यस्तो अवस्था आउँदैन थियो । यसको विरुद्ध हामी गोली आन्दोलन गछौँ । अब टायर बालेर काम चल्नेवाला छैन ।भोलि हामी गोली पडकाएर विरोध कार्यक्रम सञ्चाल गर्दछौँ ।यदि तै पनि समस्याको समाधान हुँदैन भने हामी तोप कार्यक्रम तय गर्न पनि पछि हटने छैनौँ ।"

संवाददाता समाचारवाचकतिर र्फकन्छन्- "राजु, अहिलेसम्म पाँचजना मात्रै ढलेका छन्, जस्तो कि अघि दर्शकको भनाइबाट पनि यो अनुमान गर्न सकिन्छ कि चाँडै नै यो सङ्यामा वृद्धि हुनेछ ।" कल्पना अर्को पनि गर्न सकिन्छ । जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ । जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ । गाउँ समितको नाम कट्टा समिति आदि ।आखिर मानवअधिकार संस्कृतिको विकास जो गर्नु छ ।


नोट: सम्पादकज्यू, म यो लेखको पारिश्रमीक लिन पेस्तोल लिएर आउन सक्छु, तपाई रिवाल्भर बोकेर तयार हुनु होला

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments



Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com