खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: मनोज गजुरेल


स्वतन्त्रहरु

संसारमा स्वतन्त्रताको लडाइ चलिरहेको छ,नेपाल र नेपाली त्यसबाट अछुतो रहने कुरै भएन । वास्तवमा भन्नुपर्दा नेपाल नै सबैभन्दा बढि स्वतन्त्र भएको मूलूक हो । अधिकार र प्रजातन्त्रको हकमा स्वतन्त्रता नभएपनि धेरैभन्दा धेरै मानिसहरु आफुलाई स्वतन्त्र भन्न रुचाउंछन् । प्रायः हामी यस्तो संबाद सुन्ने गर्दछौं-'तपाईं कता ?' ' म त स्वतन्त्र !' 'तपाईं नि ?' 'म पनि स्वतन्त्र ।' 'उहांचाही ?' 'उहांपनि स्वतन्त्र ।' आजकाल धेरैका मुखबाट यस्तैहरु सुन्न सकिन्छ । तर, यसको अर्थ नबुझेर मभने रनभूल्ल परिरहेको छु ।

आफुलाई स्वतन्त्र भन्नेहरुमा मानव अधिकार, नागरिक समाज, साहित्यकार, पत्रकार , कलाकार आदिहरुको संख्या ठूलो छ । सैद्धान्तिक रुपमा ब्यक्ति स्वतन्त्र हुनुको अर्थ हो- कुनैपनि राजनीतिक पार्टी प्रति प्रतिबद्ध नभएर खराबलाई खबरदारी र सहिलाई सलाम गर्नु हो । तर, हाम्रो देशका 'स्वतन्त्र'हरुलाई हेदा लाग्छ-स्वतन्त्र बस्नुको अर्थ अन्यायमा आंखा चिम्लनु हो, अपराधमा आंखा छोप्नु हो, अनि अत्याचारमा कान थुन्न हो ।

सामान्य जनता स्वतन्त्र रहनुको अर्थ हो-उनिहरुलाई सत्ता, शक्ति र षडयन्त्रमा कुनै रस छैन । चाकडी, चाप्लुसी र खुराफातमा कुनै मोह छैन । जब, समाजका इने गिनेका, चिनेजानेका बिशिष्ठ नागरिकहरु स्वतन्त्रको हैसियत राख्छन्-लाग्छ, दालमें कुछ कालामात्रै हैन, दाल नै कालो छ । पत्रिकामा स्वतन्त्रको लेख छाप्ने,पार्टी फिसमा गएर अर्कालाई लडाउने खडयन्त्रमा लाग्दछन् । बाहिर नागरिक समाजको खोल ओड्ने, खोल खोल्दा आंगरिक र खांगरिकको तमासा देखिन्छ । मानव अधिकारको टोपी लगाएको हुन्छ, टोपी खोलेर हेदा ब्यापारीको गिदी भरिएको देखिन्छ । स्वतन्त्र बुद्धीजिबीको भित्रि जिवन परिजीबिको बिचार फैलाउन क्रियासिल देखिन्छ ।

यस्तो देख्खा मलाई त सोध्न मनलाग्छ- तपाईं कुन पार्टीलाई लगानी गर्ने 'स्वतन्त्र अधिकारबादी' पर्नु भो ? कुन नेतालाई मन्त्रि बनाउन 'स्वतन्त्र बौद्धिकगिरी' गर्दै हुनुहुन्छ ? 'स्वतन्त्र नागरिक समाजको सदश्य' भएर सरकारको कुन पदमा अर्जुनदृष्टि राख्दै हुनुहुन्छ ? 'स्वतन्त्र राजनैतिक बिश्लेशक' भनिरहंदा कुन पार्टी प्रति सहानुभुती राख्ने गर्नु भएको छ ? 'स्वतन्त्र पत्रकारिता'को खोल ओढेर कुन समुह वा जत्थासंग सांठ गांठ बढाउंदै हुनुहुन्छ ? 'स्वतन्त्र बिशिष्ठ नागरिक'को संमानकालागि कति खर्चनु भएको छ ? यस्तो लाग्छ-स्वतन्त्र हुनु एउटा राम्रो पसल हो । ग्राहक सिधा साधा भएपछि 'स्वतन्त्रको' ब्यापार नचल्ने कुरै भएन ।

त्यसो त सबै स्वतन्त्रहरुमा माथीको सुत्र लागु नहुन सक्छ । सांच्चीकै स्वतन्त्रहरुको सक्रियताले देशमा शान्ती आएको छ, द्धन्द समाधान भएकाछन् । बिबादहरु साम्य भएकाछन् । संबादहरु थालनी भएकाछन्, समाधानमा गएर टुंगिएका पनि छन्,तर 'स्वतन्त्र'को खोल ओढेर ब्यापार गर्ने परतन्त्रहरुको भिंडमा साच्चैका स्वतन्त्रहरुपनि रङ्ग उडेका फुलजस्ता देखिएका छन् ।

फुल भएरमात्रै हुदैन, त्यसलाई फुलाउन असल मालीको आवस्यकता परेजस्तै, स्वतन्त्र भएर समाजको हितमा काम गर्नेहरुलाई माली झैं जनताको ताली जरुरी हुन्छ । जंगली जनवारलाई गाउंघरमा रोक्नकालागी फलामे जाली लगाएजस्तै 'स्वतन्त्र ब्यापार' गर्नेलाई जनताको गालीको आवस्यकता पर्दछ । यो निबन्ध पनि त्यही गाली र तालीको एउटा अंश हो- आगे यहां पाठकहरुको मर्जी ।

Author in brief
Name : मनोज गजुरेल
Address : Kathmandu
 | All Articles | Author Detail |

Viewer's Comments


Ramesh Bhandari writes:
Posted on 9/28/2009
Hamro Nepalma swantra kohi pani 6aina.
L.Manoj writes:
Posted on 9/27/2009
unn...Yo Manoj Ji ko style is also not 'swontantra'. Bhairab Aryal ko jhalko dine guddi hakechha ho bro. le !
Mekh Rana magar KSA writes:
Posted on 9/27/2009
मनोज जी हजुरले भने जस्तै हाम्रा देशका नागरिक् समाज, मानबधिकार बादी ,स्वतन्त्र बुध्धिजीबी हरु नाम मात्र क हुन नाम बेचेर दाम कमाउने वाला हुन ।


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com