|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
संबिधान सभालाई खुला पत्रब्लगर मिलन
सम्माननीय अध्यक्ष ज्यू,
संबिधान सभा,
काठमाडौँ नेपाल !
लोक सम्मतिको आधारमा राज्य व्यबस्था संचालन गर्ने नेपालको शासकीय परम्परा रहेको र हालैका बर्षहरुमा भएको बिभिन्न आन्दोलनको मागलाइ सम्बोधन गर्ने क्रममा संबैधानिक रुपमै मुलुकलाई बिभिन्न भागमा चिरा चिरा पारी संघीय प्रणालीमा जाने कुरामा आम सहमति बनिसकेको परिपेक्षमा जुन आधारमा भए पनि सहमति बनाई देशलाई बिभिन्न राज्यमा टुक्रा टुक्रा पार्दा :
१. यदि जातजातिको आधारमा राज्यको नामकरण गरे त्यो राज्यमा रहने अरु अल्पसंख्यक वा बहुसंख्यक जाति सन्तुष्ट नहुने र कालान्तरमा छुट्टै राज्यको लागि फेरी आन्दोलन गर्नु पर्ने स्थिति सिर्जना हुने हुनाले,
२. भाषा र धर्मको आधारमा नामकरण गरे एउटै भाषा र धर्मको बढी प्रभाब पर्न गई संघियताको वास्तविक लक्ष्य हाँसिल नहुने भएकोले,
३. ऐतिहाँसिक आधारमा नामकरण गरे यो एक्काईसौं शताब्दीमा चिर-प्रतिगामी कदम ठहरिन सक्ने भएकोले,
४. भौगोलिक आधारमा नामकरण गरे एकातिर जटिल भूभाग रहेकोले कालान्तरमा अप्ठ्यारो पर्ने र अर्कोतिर कतिपय नाम दोहरीएर जनतालाइ नयाँपनको आभाष नहुने भएकोले,
५. र यदि नदिको आधारमा नामकरण गरे बग्दै भारत पुगी अन्तिममा गंगामा नै मिसिने डर भएकोले,
जाति, धर्म, भाषा, ईतिहाँस, भूगोल, संस्कृति, नदी आदि जे आधारमा देशलाइ भागबन्डा गरे पनि नामकरण गर्दा चाहिं जनताको मनमा बस्न सक्ने दैनिक जनजीबनमा आधारित शब्द चयन गरियोस भन्ने हाम्रो आग्रह छ | यसको लागि केहि नमुना नामहरु यसप्रकार छन :
काठमाडौँ उपत्यका र छेउछाउ
काठमाडौँले धुलो धुवाँमा एसिया कै पहिलो उपाधि जितिसकेको, फोहोर पानीको समस्या दशकौं देखि जल्दो बल्दो रहेको र यिनै फोहोर पानी प्रदुषण आदिबाट नै जन्डिस जस्ता रोगहरु को सिर्जना हुने अनि ति रोगको उपचार र स्वास्थ्यकर जीवनयापन लागि पनी औषधि र खाध्य पदार्थको रुपमा फलफुलको प्रमुख भूमिका रहिआएको परिपेक्षमा काठमाडौँलाइ रोगरहित र स्वास्थ्यकर जीवनको नमुना ठाउंको रुपमा बिकाश गर्नको निमित्त यदि केहि-कथम काठमाडौँ र सो वरिपरीको क्षेत्रलाइ समेटेर कुनै राज्यको धोषणा गरिए सो राज्यको नाम "मेवा स्वायेत्त प्रदेश" राखियोस |
पश्चिम पहाड
सदियौं देखि नेपाली खानामा गुन्द्रुक र त्यसको रसको प्रमुख भूमिका रहिआएको, र आधुनिक जमानामा पनी प्रमुख नेपाली उत्पादन चाऊचाऊको मध्यमबाट भएनी सुपको भूमिका अझै जीवित रहेको सन्दर्भमा पश्चिम पहाडको क्षेत्रलाई समेटेर कुनै राज्यको घोषणा भएमा त्यसको नाम "रस प्रदेश" राखियोस | यसबाट चोक्टा र झोलको पुरानो नेपाली उखान चरितार्थ हुनुको साथै आधुनिक जमानामा चोक्टा अन्त कतै रहेको हुँदा सो क्षेत्रलाई रस प्रदेशको रुपमा ब्यबस्थित गरे अझै सान्दर्भिक पनी हुने देखिन्छ:
पश्चिम तराई
सुरा र सुन्दरी नेपाली पुरुषत्वको अभिन्न अंग रहेको तर अलिअलि गर्दै यो क्षेत्रका सुन्दरी जती बम्बई पुर्याई सकेको परिपेक्षमा कम्तिमा सुराको मात्र भएनी प्रतिनिधित्व गर्नको निम्ति र बिहान बेलुकी रक्सिले टिल्ल पर्ने अल्पसंख्यक नेपाली जनताको अधिकार रक्षाको निम्ति यो क्षेत्र "दारुवान प्रदेश" को रुपमा घोषणा गरियोस |
दक्षिण नेपाल
आधुनिक नेपालमा आन्दोलन, दवाब, प्रभाब, द्वन्द, पेशा, व्यापार, राजनीति हरेक कुरा चाँडो पाक्ने प्रमुख क्षेत्रको रुपमा नेपालको समतल भूभागको महत्व बढ्दै गएको र परम्परा देखि नै नेपाली समाजमा स्वादिलो सब्जी पकाउनको निमित्त ब्यापक रुपमा कराईको प्रयोग गरिँदै आएको सन्दर्भमा यदि सम्पूर्ण समतल भूभाग मिलाई एक प्रदेशको निर्माण गरिए सो क्षेत्रलाई स्वादबिहिन भात पकाउने भाँडो वा कुकरको आधारमा नगरेर मसलेदार तरकारी पकाउने कराईको आधारमा "कराई प्रदेश" नामकरण गरियोस |
दक्षिण पुर्बी नेपाल
यो क्षेत्रमा आफ्नो अधिकार रक्षाको लागि आदिबासी धिमालले आफ्नो सानोतिनो आन्दोलन चलाईरहेको तर माथि उल्लिखित कारण १ बाट जाति कै आधारमा राज्यको नामकरण गर्न उपयुक्त नदेखिएको, तर त्यो सम्भब नभए नि कम्तिमा श्रुति समभिन्नार्थक नाम राखे उनीहरुलाई आफ्नोपनको आभाष पनी हुने साथै सो क्षेत्रले प्रबधिमा केहि फड्को मारिसकेको परिपेक्षमा म जस्तो सो क्षेत्रमा स्थाई बासस्थान भएको प्रबिधि प्रेमी नेपाली जनताको चाहना पुरा हुने भएकोले सो क्षेत्र समेटी कुनै राज्य बनाईए सम्भब भए "जिमेल" वा नभए नि कम्तिमा "ईमेल प्रदेश" नामकरण गरियोस |
संबिधान सभाले संबिधान नबनाउन्जेल सम्म देशलाई कति भागमा चिरा चिरा परिने हो संख्या यकिन हुन सकेको छैन | कम्तिमा दुई देखि बढीमा अनिश्चित संख्यामा जस्तोसुकै आधारमा राज्यको घोषणा गरिए पनी नाम जुराउंदा नेपाली जनताको मन मस्तिष्कमा राज गर्न सक्ने नाम राखिए यो संबिधान सभाले सहि काम गरेको ठहरिन सक्थ्यो |
यी क्षेत्रका उपयुक्त नामका सारांश कृत नापनक्सा यो पत्र संगै प्रस्तुत गरेका छौं
भवदीय
ब्लगर मिलन
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
Milan writes: Posted on 12/22/2009 | | एक पटक यता नि हेर्ने कि ?
www.milanl.com |
| L RIJAL writes: Posted on 11/23/2009 | | AL T TX RELLY NEPAL LAI YASARI NAI TIKRAYERA PRADES BANAYE YENKA CHITTA BHUJTIYO KI
TX FR WRITER |
| Mekh Rana KSA writes: Posted on 11/17/2009 | | देश लाई चिरा चिरा पारेर भारत लाई किस्त बन्दीमा बेच्ने दाउमा रहेका नपुशक नेताहरुलाई एक पटक नागेझर पार्ने कोशिस गरियेको मा धन्यवाद |
|
|
|
|
|
|
|
|